२०८३ साउन ११ सोमबार

जैविक विविधता संरक्षणमा २४ करोड खर्च

ई आर्थिक    बिहिबार, असार १ २०७४
3.7K
Shares
जैविक विविधता संरक्षणमा २४ करोड खर्च

१ असार, रसुवा । हिमाली क्षेत्रको जैविक विविधता संरक्षण कार्यमा भएको खर्च बुधबार एक कार्यक्रमबीच सार्वजनिक भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको उच्च भागका वन–वनस्पति, वन्यजन्तुलगायत समग्र जैविध विविधता संरक्षण र निकुञ्जवासीलाई जीविकोपार्जनमा सरलता ल्याउन गरिएका प्रयासमा निकुञ्ज कार्यालयको सहयोगी संस्था मध्यवर्ती क्षेत्र सहयोग आयोजना तथा डब्ल्युडब्ल्युएफले १० वर्षको दौरानमा रु २३ करोड ९३ लाख खर्च गरेको विवरण सार्वजनिक भएको हो ।

लाङटाङस्थित राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र काउन्सिल अध्यक्ष तेम्वानुर्पु तामाङको अध्यक्षतामा भएको सार्वजनिक कार्यक्रममा स्थानीय समुदायले बर्सेनि प्रयोग गर्ने बौद्ध ग्रन्थ अङ्कित झन्डामा प्रयोग हुने काठलाई परिमार्जन गर्दै फलामे लिङ्गो वितरणबाट रूखबिरुवा संरक्षण भएको, रेडपान्डा, हिमचितुवा संरक्षण समूहको व्यवस्था, निकुञ्जवासीको जीविकोपार्जनका लागि समुदायमा आधारित विविध कार्यक्रम, जलवायु अनुकूलन जस्ता अनगिन्ती कार्यक्रम सम्पन्न गरिएको डब्ल्युडब्ल्यूएफका कार्यक्रम संयोजक आरबी राईले कार्यक्रममा जानकारी दिनुभयो ।

यस्तै, कार्यक्रमका सहभागीले भावी दिनमा संरक्षणको चेतनामा वृद्धिविकास गरी संरक्षणकर्मी बढाउने, हिमचितुवा र दुर्लभ रेडपान्डाको गणना गराउने, पर्यटकीय पूर्वाधार, गोसाइँकुण्डको संरक्षण र व्यवस्थापन, धुन्चे–गोसाइँकुण्ड केबुलकार निर्माणमा सहज वातावरण सृजना गराउन कार्यक्रम समावेश गर्नुपर्ने सुझाव राखेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij