२०८३ साउन ११ सोमबार

अब जथाभावी बाटो काट्ने पैदलयात्रीले दुई सय जरिवाना तिर्नु नपर्ने

ई आर्थिक    मंगलबार, जेष्ठ ३० २०७४
6.6K
Shares
अब जथाभावी बाटो काट्ने पैदलयात्रीले दुई सय जरिवाना तिर्नु नपर्ने

३० जेठ, काठमाडौं । अब जथाभावी बाटो काट्ने पैदलयात्रीसँग ट्राफिक प्रहरीले दुई सय रुपैयाँ जरिवाना लिन नपाउने भएका छन् । गृहमन्त्री जनार्दन शर्माले मंगलबार नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र ट्राफिक प्रहरी महाशाखा प्रमुख मिङमार लामालाई मन्त्रालयमै बोलाएर उक्त व्यवस्था हटाउन निर्देशन दिएका छन् ।

पर्याप्त तयारी विना नै पैदलयात्रीविरुद्ध कारवाही अभियान सुरु भएको भन्दै चौतर्फी आलोचना भईरहेको बेला गृहमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् ।

गृहमन्त्री शर्माले रु २०० जरिवाना उठाउनेभन्दा पनि ट्राफिक शिक्षा दिने काममा जोड दिन आग्रह गरेका थिए ।

यद्यपी जथाभावी सडक पार गर्ने यात्रुले अब आधा घण्टा सचेतना जागरण कक्षा भने लिनुपर्नेछ । यस अघि दुई सय नहुनेलाई ट्राफिक प्रहरीले तीन घण्टा नियन्त्रणमा राख्ने गरेको थियो ।

जेब्रा क्रसिङ छोडी जथाभावी बाटो काट्ने सर्वसाधारणबाट ट्राफिक प्रहरीले दुई सय रुपैयाँ जरिवाना असुल्दै आएको थियो । ट्राफिक सचेतना कार्यक्रम जारी राख्दै जरिवाना मात्रै हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जरिवाना नतिर्ने सर्वसाधारण ३ घण्टा ट्राफिकको नियन्त्रणमा रहनुपर्थ्यो ।

बढ्दो सवारी र सडक दुर्घटना न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरीले गत जेठ १६ गतेदेखि जरिवाना र सजायको व्यवस्था लागू गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij