२०८३ साउन १२ मंगलबार

जिम्बाबेमा भएको बस दुर्घटनामा ४३ को मृत्यु

ई आर्थिक    बिहिबार, जेष्ठ २५ २०७४
4.4K
Shares
जिम्बाबेमा भएको बस दुर्घटनामा ४३ को मृत्यु

२५ जेठ, हरारे । जिम्बाबेमा बुधबार भएको बस दुर्घटनामा परी ४३ जनाको ज्यान गएको छ । बसका चालकले नियन्त्रण गुमाउदा सो दुर्घटना हुन पुगेको बताइएको छ ।

हामीलाई भनिएको छ कि बसको चालकले नियन्त्रण गुमाउदा बसमा सवार रहेका कम्तीमा पनि ४३ जनाको ज्यान गएको छ– हरारेको प्रहरीले जनाएको छ ।

सो दुर्घटना बुधबार भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता च्यारिटी चारम्बाले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुसार सो बस दुर्घटनामा पर्नुमा अरु त्यस्तो कुनै कारण देखिएाको छैन, र यसको प्रकृति हेर्दा चालकले गति गुमाउन पुगेको देखिएको छ ।

सो बस जाम्बियातर्फ जादै गरेको थियो । तर जिम्बाबेमा नै सो बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा गतवर्ष पनि बस दुर्घटना भएको र त्यसमा परी कम्तीमा ३० जनाको ज्यान गएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij