काठमाडौं । नेपाल धितोपत्र बोर्डले २५ वर्ष (रजत जयन्ती) को पावन अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना ग¥यो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवा, बालकुमारी, ललितपुरको सहयोग तथा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको समन्वयमा सो कार्यक्रमको आयोजना गरेको हो ।
वोर्डले आफ्नो कार्यालय परिसरमा पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरियो । उक्त रक्तदान कार्यक्रममा बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लि., धितोपत्र व्यवसायी (धितोपत्र दलाल, मर्चेण्ट बैंकर, निक्षेप सदस्य), लगायतका निकायका पदाधिकारी एंव कर्मचारीहरु समेत गरी १५१ जनाले रक्तदान गरेका थिए ।
बोर्डले रजत जयन्तीकै अवसरमा रक्तदान कार्यक्रमको साथसाथै यही जेठ २४ गते बुधवार विहान ७ः३० बजे काठमाण्डौको भद्रकालीदेखि प्रभातफेरी कार्यक्रम समेत आयोजना हुन गइरहेको जानकारी दिएको छ ।