२०८३ साउन ११ सोमबार

घुस लिँदालिँदै दमकका नापी सर्वेक्षक रङ्गेहात पक्राउ

ई आर्थिक    मंगलबार, जेष्ठ २ २०७४
6.3K
Shares
घुस लिँदालिँदै दमकका नापी सर्वेक्षक रङ्गेहात पक्राउ

१ जेठ, सुरुङ्गा(झापा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ लाख ८० रुपैयाँ घुस लिँदालिँदै नापी कार्यालय दमकका एक कर्मचारीलाई मंगलवार पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताउनुभयो ।

सेवाग्राहीको रु ३० हजारमा हुने कामका लागि उनले छ लाख ८० हजार रुपैयाँ रकम मागेपछि पक्राउ गरिएको बस्नेतले बताउनुभयो ।

मण्डललाई आज दिउँसो अख्तियारको टोलीले उनकै कार्यकक्षबाट रङ्गेहात पक्राउ गरेको हो । दमकका एक जग्गा व्यवसायीको प्लटिङको जग्गाको काम मिलाइदिने भन्दै घुस लिँदालिँदै उनलाई पक्राउ गरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij