२०८३ साउन ११ सोमबार

बुम रेमिटको ब्राण्ड एम्बेस्डरमा नायिका श्वेता खड्का नियुक्त

ई आर्थिक    बुधबार, जेष्ठ १७ २०७४
4.8K
Shares
बुम रेमिटको ब्राण्ड एम्बेस्डरमा नायिका श्वेता खड्का नियुक्त

१७ जेठ, काठमाडौं । बुम रेमिट्यान्स प्रालिले गणतन्त्र दिबसको उपलक्ष्यमा नायिका श्वेता खड्कालाई बुम रेमिटको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । सम्झौता अनुसार खड्काले दुई वर्ष सम्म बुम रेमिटको ब्राण्ड एम्बेसड्र भई बुम रेमिटद्धारा प्रवर्धनका सम्पुर्ण मिडिया कार्यक्रमहरु, टि. भि विज्ञापन, एफ.एम विज्ञापन, पत्रपत्रिका विज्ञापनलगायत विभिन्न कार्यक्रममा उपस्थिती जनाउनुका साथै बुम रेमिट्यान्सद्धारा प्रर्वद्घित देश विदेशका कार्यक्रममा समेत उपस्थिती जनाउने छिन ।

श्वेता खड्काद्धारा आफ्नो स्वर्गवास पति नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा स्थापना गरेकी श्वेता श्री फाउण्डेसनको तर्फबाट सिन्धुपाल्चोक जिल्लाको मॉझी वस्तीमा ५६ वटा घरहरु निर्माण गर्ने सम्बन्धमा सिलन्यास गरिएको छ ।

सोही कार्यक्रममा नै श्वेता खड्कालाई बुम रेमिट्यान्सका अध्यक्ष सृजना रायँमाझी र प्रबन्धक निर्देशक धिरेन्द्र पन्तले बुम रेमिटको ब्राण्ड एम्बेस्डरका लागि संयुक्त रूपमा घोषणा गरेका हुन् ।

श्वेता खड्कालाई आफ्नो ब्राण्ड एम्बेस्डरका रुपमा पाउनु ठुलो सफलता भएको र यसले बुम रेमिटलाई ठुलो फाइदा पुग्ने बताउदै कम्पनीका प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले खुशी व्यक्त गरे ।

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थालाई आफ्नो एजेन्ट बनाएको यस बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहकार्य गरी विदेशमा समेत बजार प्रर्वद्धन गरी नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रबन्ध मिलाएको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सिइओ डा. गोबिन्द पोखरेलद्वारा जेठ १५ गते सिलन्यास गरिएको उक्त कार्यक्रममा बुम रेमिटका अधिकारीहरु अध्यक्ष सृजना रायँमाझी र प्रबन्धक निर्देशक धिरेन्द्र पन्तलगायत नायिका श्वेता खड्का, पुर्व प्रधान सेनापति रुक्मांगत कटुवाल, डा भोला रिजाल, चलचित्र निर्माता संधका अध्यक्ष तथा नेपाल उधोग वाणिजय संधका कार्यकारीणी सदस्य आकास अधिकारी, नायक निखिल उप्रेति, कलाक।र बसुन्धरा भुषल, बितरक गोपाल कायस्थ, गायक प्रमोद खरेल, राजन राज सिवाकोटी, युवराज चौलाँगाई, हॉस्य कलाकार जितु नेपाल लगायत थुपै्र ब्यक्तित्वहरु माँज्ञी वस्ति पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij