१५ जेठ, काठमाडौं । गणतन्त्र दिवस २०७४ को अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न पदकबाट सम्मान गर्ने निर्णय गरेको छ । जसमा सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङदेखि प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहाल गरी १२० जनालाई सुप्रबल जनसेवाश्री प्रदान गर्ने भएको छ ।
लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका निर्वह गरेको भन्दै कुलमान घिसिङलाई सो सम्मान दिन लागिएको हो भने प्रकाश दाहाललाई चितवनको समाजसेवीको रुपमा सम्मान गर्न लागिएको हो ।
त्यस्तै वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न र महेन्द्र नारायण निधिलाई राष्ट्रगौरव पदकबाट सम्मानित गरिने भएको छ ।