२०८३ साउन १० आइतबार

डोल्पामा पठन सीप विकास गर्न पढाइ मेला

ई आर्थिक    बुधबार, बैशाख १३ २०७४
9.6K
Shares
डोल्पामा पठन सीप विकास गर्न पढाइ मेला

१३ वैशाख, त्रिपुराकोट(डोल्पा)। यहाँको ठूली भेरी नगरपालिका–७ स्थित जुफाल स्रोत केन्द्रमा पठन सीप विकासका लागि पढाइ मेला आयोजना गरिएको छ ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत प्राथमिक तहका बालबालिकाको पठन सीप विकास तथा शैक्षिक गुणस्तर सुधारका लागि जिल्ला शिक्षा कार्यालयले सो कार्यक्रम आयोजना गरेको प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका जिल्ला समन्वयकर्ता रणबहादुर कार्कीले बताउनुभयो ।

दुर्गम जिल्ला डोल्पाका १११ वटा विद्यालयमा २०७३ मङ्सिरमा वितरण गरेको पुरक सामग्रीको प्रयोग तथा त्यसको उपलब्धि के–कस्तो भयो भन्ने कुराको लेखाजोखा गर्नसमेत यसरी पढाइ मेला आयोजना गरिएको कार्कीले बताउनुभयो ।

जिल्लाका छ वटा स्रोत केन्द्रमध्ये एउटामा पढाइ मेला सम्पन्न भएको र थप पाँचवटा स्रोत केन्द्रमा पनि निकट भविष्यमै आयोजना गर्ने कार्यक्रम रहेको कार्कीको भनाइ छ ।

जुफाल स्रोत केन्द्रको कार्यक्षेत्रमा पर्ने सम्पूर्ण विद्यालयलाई सहभागी गराउने उद्देश्यले आयोजना गरिएको उक्त पढाइ मेलामा आधा दर्जन प्राथमिक विद्यालय सहभागी भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij