२०८३ साउन ११ सोमबार

पोखराको दुई विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष

ई आर्थिक    मंगलबार, बैशाख १२ २०७४
6.3K
Shares
पोखराको दुई विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष

१२ वैशाख, पोखरा । पोखराको रामबजार निवासी एक रञ्जित परिवारले पोखराका दुई सामुदायिक विद्यालयमा छात्रवृत्तिका लागि रु छ लाखको अक्षयकोष स्थापना गरी दिनुभएको छ ।

पोखरा रामबजारस्थित कालिका उच्च माविमा रु चार लाख र पोखरा बसपार्कस्थित सहारा आधारभूत विद्यालयमा रु दुई लाखको अक्षयकोष स्थापनाका लागि सोमबार रकम हस्तान्तरण गरियो ।

सो ठाउँ निवासी वैकुण्ठ रञ्जित, शिव रञ्जित, सुदर्शन रञ्जित र विजय रञ्जितले आफ्ना स्व पिता हरिगोपाल रञ्जित र आमा गणेशमाया रञ्जितको नाउँमा उक्त रकम विद्यालयलाई अक्षयकोषका लागि हस्तान्तरण गर्नुभएको हो ।

चार दाजुभाइले आफ्ना पिता स्व हरि गोपालको ४५ औँ दिनको तिथि पारेर सोमबार गरिब तथा जेहेन्दार विद्यार्थीलाई थप अध्ययन÷अध्यापनका लागि विद्यालयलाई उक्त रकम प्रदान गर्नुभएको साँइला छोरा फोटो पत्रकार सुदर्शन रञ्जितले जानकारी दिनुभयो ।

अक्षयकोषबाट प्राप्त ब्याजले कालिका उच्च माविमा कक्षा ९ देखि १२ कक्षासम्मका र सहारा विद्यालयमा कक्षा ९ मा अध्ययन गर्र्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij