२०८३ साउन ११ सोमबार

अमेरिकी रक्षामन्त्री कतारमा

ई आर्थिक    आइतबार, बैशाख १० २०७४
4.2K
Shares
अमेरिकी रक्षामन्त्री कतारमा

९ वैशाख, दोहा(कतार)। अरब राष्ट्रहरुको भ्रमणमा रहनुभएका अमेरिकी रक्षामन्त्री जिम म्याटिसले कतारका अमीर शेख तामिम विन हमद अल थानीसँग शनिबार भेट गर्नुभएको छ ।

पेट्रोलियम पदार्थका लागि धनी अरब राष्ट्र कतारको राजधानी दोहा पुग्नु पहिले म्याटिसले मध्यपूर्वी मुलुक साउदी अरब, इजिप्ट र इजरायलको भ्रमण गरिसक्नुभएको छ ।

शनिबार कतारी अमीरसँग भएको दुईदेशबीचको सम्बन्ध थप मजबुत बनाउने विषयमा कुराकानी भएको पेन्टागन प्रमुख म्याटिसले बताउनुभयो ।

“सम्बन्ध राम्रो वा कमजोर जे भए पनि म अमेरिकाको तर्फबाट दुईदेशबीचको सम्बन्धलाई मजबुत बताउने कुरामा प्रतिबद्ध छु” – म्याटिसले कतारी अमीर थानीसँग भन्नुभयो ।

दुई नेताबीच इस्लामिक स्टेट (आइएस) समूहविरुद्धको लडाइँ, सिरिया द्वन्द्व र इरानको क्षेत्रीय भूमिकाका विषयमा कुराकानी गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

म्याटिसले यस क्षेत्रको सुरक्षास्थिति साह्रै कठिन र अस्थिर रहेको बताउनुभएको छ ।

कतारमा रहँदा म्याटिसले यहाँका रक्षामन्त्री खालिद अल अटियासँग पनि भेट्ने कार्यक्रम छ । म्याटिस आइतबार अफ्रिकी राष्ट्र जिबुटी जाने कार्यक्रम छ । एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij