२०८३ साउन ९ शनिबार

सरकार र मधेसी मोर्चाको सहमतिले कार्यकर्ता हर्षित,चुनावको माहोल बन्यो

ई आर्थिक    आइतबार, बैशाख १० २०७४
2.9K
Shares
सरकार र मधेसी मोर्चाको सहमतिले कार्यकर्ता हर्षित,चुनावको माहोल बन्यो

१० वैशाख, गौशाला । सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच निर्वाचनमा जाने र आन्दोलनका कार्यक्रम फिर्ता लिनेलगायतका सहमति भएपछि महोत्तरीका मधेसी नेता कार्यकर्ता हर्षित भएका छन् ।

लामो समयदेखि आ–आफ्नै अडानमा रहेका दुवै पक्षले ऐतिहासिक सहमति गरेको भन्दै मधेसी नेता कार्यकर्ताले खुसी व्यक्त गरेका छन् ।

सरकार र मोर्चा सहमतिमा गएपछि अब मधेसमा पनि चुनाव हुने भन्दै सबै नेता कार्यकर्ता अब चुनावको तयारीमा जुटेका छन् ।

आज एकाबिहानैदेखि महोत्तरीको सदरमुकाम जलेश्वरसहित जिल्लाको बर्दिबास, गौशाला, औरही, मनरा, सम्सीलगायत तीनवटै नगरपालिका र १२ वटै गाउँपालिकाका चिया पसल, पत्रिका पसल र प्रत्येक चोक र गाउँटोलमा चुनाव हुने निश्चित भएको भन्दै मधेसी नेता ,कार्यकर्ता र स्थानीय चर्चा परिचर्चामा लागेका छन् ।

मधेससहित चार प्रदेशमा दोस्रो चरणमा जेठ ३१ गते चुनाव हुने, मधेस आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा गरिने, मधेस आन्दोलनका मुद्दाहरु फिर्ता लिने, संविधान संशोधन हुने, सीमाङ्कन विवाद टुङ्गिनेलगायतका सहमतिले मधेसमा चुनावी माहोल पैदा गरेको छ ।

अहिले मधेसका सबै नेता कार्यकर्ता र सर्वसाधारण पनि खुसी हुँदै अब चुनावमा जान्नैपर्छ, भोट हाल्नैपर्छ र आफूले रोजेको राम्रा व्यक्तिलाई जिताउनुपर्छ भन्ने कुरा खुलेर गर्न थालेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij