२०८३ साउन ११ सोमबार

बाहिरी चक्रपथ निर्माणका लागि चीनको ७२ अर्ब अनुदान

ई आर्थिक    आइतबार, बैशाख १० २०७४
5.7K
Shares
बाहिरी चक्रपथ निर्माणका लागि चीनको ७२ अर्ब अनुदान

१० वैशाख, काठमाडौं । काठमाडौंमा बन्ने बाहिरी चक्रपथको डीपीआर यसैसाता आउने भएको छ । डीपीआर आएपछि मन्त्रीपरिषदबाट स्वीकृत गराएर निर्माणका लागि पहिलो चरणमा तत्कालै काम थाल्ने बाहिरी चक्रपथ आयोजनाले जनाएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तरगतको बाहिरी चक्रपथ विकास आयोजनाले चक्रपथको डीपीआरको अन्ति रुप एकसाताभित्रै गरिसक्ने निमित्त प्रमुख ध्रुब सापकोटाले जानकारी दिए । उनकाअनुसार यसै आर्थिक वर्षमा चक्रपथको ६ वटा खण्डमध्ये एउटामा काम सुरु हुनेछ । पहिलो चरणमा सतुंगलदेखि गम्चा हुँदै चोभारसम्म नयाँ ट्रयाक खोल्ने तयारी गरिएको सापकोटाले जानकारी दिए ।

अब नयाँ ट्रयाक खोल्नेसहित वस्ती विकासको पूर्वाधार बनाउने काम सुरु हुनेछ ।सरकारले उपत्यकाका तीनै जिल्लालाई जोड्ने सरकारले बाहिरी चक्रपथको अवधारणा ११ वर्षअघि नै तयार पारेको थियो ।

तर, अब भने चक्रपथ निर्माणका लागि डीपीआर अन्तिम चरणमा पुगेको छ । समाजिक सुनुवाइ पनि सकिएको छ भने वातावरणीय प्रभाव मूल्यांकन पनि सकिएको सापकोटाले बताए ।

७२ किमीको लम्बाईको बाहिरी चक्रपथमा चीन सरकारले ७२ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउँदैछ । थप लगानी नेपाल सरकारले गर्ने भएको छ । काठमाडौंमा ३५.०८ किमी, ललितपुरमा १५.८० किमी र भक्तपुरमा २१.०५ किमी रहने गरी आयोजना प्रस्ताव गरिएको छ ।

बाहिरी चक्रपथ आठ लेनको हुनेछ । सडकका दुबै भागमा साइकल ट्रयाक रहनेछ भने ग्रीनरी बेल्ट सहित सडक किनारामा फुटपाथ पनि विकास गरिनेछ । सडक, फुटपाथ र साइकल ट्रयाकका लागि ५० मिटर फराकिलो जमिन प्रयोग हुनेछ ।

निमित्त प्रमुख सापकोटाका अनुसार चक्रपथको दायाँबायाँ २५०/२५० मिटर जग्गा एकीकरण गरिनेछ । यसलाई व्यवस्थित वस्तीका रुपमा विकास गर्न सडक आसपासका ५ सय मिटर क्षेत्रफलमा विभिन्न पूर्वाधारहरु आयोजनाले बनाइदिनेछ ।

यसरी सडक आसपास जग्गा विकास गर्दा अहिले २ लाख रुपैयाँ आना पर्ने सडक क्षेत्रमा पर्ने जग्गाको मोल उच्च हुने र यसबाट स्थानीयलाई बढी फाइदा हुने उनले बताए ।

सडक आसपासमा आयोजनाले सडक, विद्युत, खानेपानी, सार्वजनिक पार्क, खुला स्थान, मनोरञ्जन स्थललगायत पूर्वाधारको व्यवस्थित बस्ती विकास गर्ने योजना बनाएको छ । निर्माण अवधिभर जग्गा आयोजनाले रोक्का गरेर निर्माणपछि सम्बन्धित धनीलाई जग्गामा वस्ती विकासको पूूर्वाधारसहित हस्तान्तरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij