२०८३ कार्तिक १६ आइतबार

४९.९८ अंकले बढ्यो नेप्से, कारोबार रकम भने बढेन

ई आर्थिक    बुधबार, बैशाख ६ २०७४
6.4K
Shares
४९.९८ अंकले बढ्यो नेप्से,  कारोबार रकम भने बढेन

६ वैशाख, काठमाडौं । बुधबार सेयर बजारमा ‘अन्य’ समुह बाहेक सबै समुहमा हरियाली छाएको छ । यो दिन नेप्से ४९.९८ अंकले बढेर परिसूचक १६६२.०२ विन्दुमा पुगेको छ ।

यो दिन १४२ कम्पनीको १८ लाख दुई हजार कित्ता सेयर एक अर्ब सात करोड १४ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

मंगलबारको तुलनामा बुधबार नेप्से उकालो लागे पनि कारोबार रकममा भने सुधार आउने सकेन । मंगलाबर एक अर्ब ५० करोड ९४ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको थियो । तर बुधबार नेप्से ५० अंकले बढेपनि कारोबार रकम भने एक अर्ब सात करोडको मात्र भएको छ ।

यो दिन बैंकिङ समूहको ४९.२, होटेल समूहको ८७.२९, विकास बैंक समूहको ६९.५७, जलविद्यूत समूहको ६८.६१, वित्त समूहको १७.७१, बिमा समूहको २९२.६७ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ९.४३ अंकले उकालो लागेको छ भने ‘अन्य ‘ समुहको १.१६ अंकले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij