२०८३ साउन १० आइतबार

नयाँ वर्षको पहिलो कारोबारमै नेप्सेले फहरायो रातो झण्डा, लगानीकर्ताहरु निरास,पहिलो कारोबारमै ४५.५२ अंकको गिरावट

ई आर्थिक    आइतबार, बैशाख ३ २०७४
6.5K
Shares
नयाँ वर्षको पहिलो कारोबारमै नेप्सेले फहरायो रातो झण्डा, लगानीकर्ताहरु निरास,पहिलो कारोबारमै ४५.५२ अंकको गिरावट

३ वैशाख, काठमाडौँ । नयाँ वर्षको पहिलो दिनमा नै बजारमा आएको कारोबारको सबै समुहमा रातो पोतिएको छ ।

नयाँ वर्ष अर्थात २०७४ साल्को सेयर कारोबारमा पहिलो दिन आइतबार शेयर बजार २.६८ प्रतिशतले घटेको छ । जसले गर्दा सेयर लगानीकर्ताहरु निकै निरास बनेका छन् । यो दिन ४५.५२ अङ्कले नेप्से ओरालो लागेर परिसुचक १६५१.६१ बिन्दुमा पुगेको छ ।

बजार खुलेदेखी नै उकालो लागेको नेप्से ११:२० बजे १७०३.३६ बिन्दुमा पुग्न सफल भएको थियो । तर बजार उतारचढाबका साथ अन्तत झरेर १६५१.६१ बिन्दुमा पुगेर घटेको छ ।

सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यो दिन १ सय ३५ कम्पनीहरुको ७ हजार ९ सय १६ पटकको व्यापारमा १ अर्ब २१ करोड १५ लाख ४८ हजार ४० रुपैयाको शेयर कारोबार भएको छ ।

बैंकिङको २.७९, होटेलको २.८२, बिकास बैंकको २.५४, जलविद्युत्को १.९१, फाइनान्सको १.१६, बिमाको ३.६४, उत्पादनमूलक कम्पनीको २.६९ र ‘अन्य’ समुहको ०.७२ प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij