२०८३ साउन १० आइतबार

युनाइटेड सिमेन्टले नयाँ बर्षलाई स्वागत गर्न अनौठो शैलीको रथारोहण

ई आर्थिक    आइतबार, बैशाख ३ २०७४
5.2K
Shares
युनाइटेड सिमेन्टले नयाँ बर्षलाई स्वागत गर्न अनौठो शैलीको रथारोहण

चैत २, काठमाडौं । युनाईटेड सिमेन्टले नयाँ बर्षलाई स्वागत गर्न नयाँ अनौठो शैली अपनाएको छ । कम्पनीले युनाईटेड सिमेन्टलाई विशेष साजसज्जाका साथ रथारोहण गर्दै नयाँ शैलीमा नयाँ बर्षलाई भित्र्याएको छ । कर्पोरेट शैलीमा गरिएको यो नयाँ शैली मानिएको छ ।
कम्पनीले नयाँ बर्षको शुभकामना सन्देश लेखी विशेष रुपमा फुलमालाले सजाइएको रथमा यूनाइटेड सिमेन्ट्सलाई आरोहण गराएर बाजागाजा र हर्ष उल्लासका साथ नगर परिक्रमा गराइएको थियो ।

उक्त रथ बसन्तपुरबाट शुरु भएर नगर परिक्रमा गरी जाउलाखेल पुगी समापन भएको थियो । उक्त कार्यक्रममा उपस्थित सबै सहभागीहरुमा नयाँवर्षको शुभकामना कार्ड सहित शुभकामना अदान(प्रदान गरिएको थियो ।

united-cement_rath-2

यूनाइटेड सिमेन्ट्सले यस्तो किसिमको शुभकामना सन्देशमुलक रथारोहण कार्यक्रम प्रथम पटक हो । यो रथारोहण कार्यक्रमले युनाइटेड सिमेन्ट्स प्रति उपभोक्ताको मनमा सकारात्मक सन्देश जाने दाबि कम्पनीको रहेको छ ।

united-cement_rath-3

युनाईटेड सिमेन्ट्सले उच्च गुणस्तरको ओ.पी.सी. सिमेन्ट उत्पादन गर्दै आएको छ । स्थापनाको छोटो समयमै सिमेन्ट्सले ग्राहकको मन जित्न सफल भएको दाबी कम्पनीले गरेको छ ।

कम्पनीले ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुङगा खानी र धादिङको नौबिसेमा फ्याक्ट्री राखी उच्च गुणस्तरीय सिमेन्ट्स उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij