नेपाल विद्युत्त प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतका जिल्लाको औसत विद्युत्त चुहावट ३७.७२ प्रतिशत छ । तर, जिल्लागत तथ्यांक हेर्दा केही जिल्लामा ६० प्रतिशतसम्म चुहावट हुने गरेको प्राधिकरणका एक अधिकारीले बताए ।
प्राधिकरणका अनुसार, सबैभन्दा बढी विद्युत्त चोरी जनकपुर क्षेत्रमा र त्यसपछि अत्तरियामा हुन्छ । यस्तै, नेपालगन्ज, विराटनगर, बुटवल, हेटौंडा र पोखरा धेरै चुहावट हुने क्षेत्र हुन् आठवटा क्षेत्रीय कार्यालयमध्ये सबैभन्दा कम चुहावट काठमाडौंमा हुने गरेको प्राधिकरणले जनाएको छ । काठमाडौंको चुहावट ११ प्रतिशत रहेको छ । नयाँ पत्रिकाबाट