२०८३ साउन १० आइतबार

एनएमबि बैंकको एक करोड चार लाख कित्ता एफपिओ आउँदै, कति तोकियो मूल्य ?

ई आर्थिक    सोमबार, चैत्र २८ २०७३
7.7K
Shares
एनएमबि बैंकको एक करोड चार लाख कित्ता एफपिओ आउँदै, कति तोकियो मूल्य ?

२८ चैत, काठमाडौँ । एनएमबि बैंक लिमिटेडले एक करोड चार लाख कित्ता फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने भएको छ । बैंकले सर्वसाधारण र संस्थापक सेयरको अनुपात ४९:५१ कायम गर्न सर्वसाधारणतर्फको सेयरको नयाँ निष्काशन गर्न लागेको हो ।

बैंकको पुस २४ मा  बसेको २१ औं साधारणसभाले पूँजी वृद्धिका लागि एफपिओ जारी गर्ने निर्णय गरेको थियो ।

बैंकले एफपिओको मूल्य प्रतिसेयर ५३३ निर्धारण गरेको छ । सेयर निष्काशनको अनुमतिका लागि दोस्रो बजारको मूल्यमा घटबढ भए एफपिओको मूल्यमा पनि केही परिवर्तन आउन सक्ने बताइएको छ ।

बैंकले प्रस्ताव गरेकै मूल्यमा सेयर निष्काशन गरेमा बैंकको चुक्तापूँजीमा एक अर्ब १४ करोड रुपैयाँ थपिनेछ । प्रिमियमबाट संकलित बाँकी रकम जगेडा कोषमा जाने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij