२०८३ साउन १२ मंगलबार

स्वदेशी लघुवित्तको तीन लाख कित्ता आईपिओ खुल्यो, कहाँबाट दिने आवेदन ?

ई आर्थिक    शुक्रबार, चैत्र २५ २०७३
5.1K
Shares
स्वदेशी लघुवित्तको तीन लाख कित्ता आईपिओ खुल्यो, कहाँबाट दिने आवेदन ?

२५ चैत, काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपिओ) निष्काशन आज (चैत्र २५ गते)देखि गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण शेयर निष्काशन सुरु गरेको हो ।

निष्काशित कुल सेयरमध्ये १२ हजार कित्ता कर्मचारी र १५ हजार कित्ता म्चुअल फण्डका लागि छुट्याएको छ । बाँकी दुई लाख ७० हजार कित्ता सेयरका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सेयर आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता अर्थात् पाँच हजार रुपैयाँ र अधिकतम १५ सय कित्ता अर्थात् एक लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् ।

हाल सात करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको साधारण शेयर जारी गरेपछि पूँजी १० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले विभिन्न ३९ जिल्लामा ४७ शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

कहाँबाट दिने आवेदन ?
सेयर निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीको सेयरमा लगानीकर्ताले स्वेदशी लघुवित्तको केन्द्रीय कार्यालय सुनसरी, एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, एनएमबि बैंकका शाखा कार्यालय उपत्यकाभित्र सूर्यविनायक भक्तपुर, तीनकुने, सीतापाईला काठमाडौं र थैव ललितपुर साथै उपत्यका बाहिर तीनदोबाटो बनेपा, गोल्छा चोक विराटनगर, आदर्शनगर वीरगञ्ज, अनारमनी वित्र्तामोड, ट्राफिक चोक बुटवल, नयाँ बजार दैलेख, बसपार्क रोड धनगढी, महेन्द्रपथ धरान, भानुचोक जनकपुर, नारायाणगढ चितवन, सुर्खेत रोड नेपालगञ्ज, न्यूरोड पोखरा, लम्की कैलाली, उर्लाबारी चोक उर्लाबारी, सल्लेरी सोलुखुम्बु, धुन्चे रसुवा र इटहरी सुनसरीबाट आवेदन दिन सकिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij