२२ चैत, मेक्सिको सिटी(मेक्सिको)। मेक्सिकोको दक्षिणी राज्य चियापासमा ग्रामीण सडकमा यात्रा गरिरहेका २८ जना जर्मन पर्यटकको समूहलाई सडकमा गाडी रोकी लुटिएको छ ।
चियापासको राज्य अभियोजकको कार्यालयले शनिबार पालेङ्कतर्फ हिँडिरहेका जर्मन पर्यटकलाई जबरजस्त बाटोमा रोकी लुटिएको सोमबार बताएका छन् । लुटेराहरुले बन्दुक र चक्कु देखाई पर्यटकको मूल्यवान सामान लुटेको बताइएको छ ।
लुटेराले पर्यटकमाथि साङ्घातिक हमला भने नगरेको तर बन्दुक र चक्कु देखाई तर्साएको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ । एपी