२०८३ साउन १२ मंगलबार

एक दर्जन प्रहरी युनिटको पुनःनिर्माण सुरु

ई आर्थिक    बुधबार, चैत्र २३ २०७३
6.7K
Shares
एक दर्जन प्रहरी युनिटको पुनःनिर्माण सुरु

२३ चैत, नुवाकोट । सशस्त्र दशवर्षे युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका नुवाकोटका १२ वटा प्रहरी युनिट पुनःनिर्माण गर्न लागिएको छ ।

भूकम्प पछिको पुनःनिर्माण अभियान अन्तर्गत नुवाकोटमा रहेकामध्ये १२ वटा प्रहरी युनिट पुनःनिर्माण सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

“सशस्त्र १० वर्षे युद्धमा ध्वस्त बनेका र विनाशकारी भूकम्पले क्षति पु¥याएकामध्ये छ वटा प्रहरी युनिट सरकारी जग्गामा निर्माण गर्न लागिएको छ ।” प्रहरी नायब उपरीक्षक कँडेलले भन्नुभयो “अन्य ६ स्थानमा दाताबाट प्राप्त भएको जग्गा कार्यालयको स्वामित्वमा ल्याएर भवन बनाउने तयारीमा छौ ।”

ट्राफिक प्रहरी कार्यालय र विदुरस्थित अस्थायी प्रहरी पोस्टका साथै देउराली कुमारी र ककनीस्थित प्रहरी चौकी सरकारी जग्गामा निर्माण गर्न लागिएको हो । तीमध्ये कुमरीस्थित प्रहरी चौकीको निर्माण सुरु भइसकेको छ । तारुका, फिकुरी र पाटी–भञ्याङका प्रहरी चौकी तथा ढिकुरेस्थित इलाका प्रहरी कार्यालयका लागि जग्गा दातामार्फत प्राप्त भएकाले निर्माणको प्रक्रियामा अघि बढेका छन् ।

सिक्रेस्थित इलाका प्रहरी कार्यालय, समुद्रटारस्थित प्रहरी चौकी र नुवाकोटस्थित जिल्ला प्रहरी कार्यालय अहिले कायम रहेको स्थानमा बनाउन प्राविधिक अध्ययन पूरा भएको छ । नयाँ बनाउन लागिएको भवनमा प्रहरी कार्यालय, आवासीय व्यवस्था, हिरासत, सुरक्षा पोस्ट, भान्साघर, बन्दोबस्ती सहितको व्यवस्था हुने प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

भवन निर्माणको लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मार्फत सरकारी कार्यालय पुनःनिर्माण कार्यक्रम अन्तर्गत एक युनिटको लागि रु एक करोड ७५ लाखदेखि रु दुई करोड ५० लाखसम्म विनियोजन भएको छ ।

सशस्त्र द्वन्द्व र भूकम्पले क्षति पुगेर अस्थायी वासस्थान र भाडाको भवनमा बस्दै आएको प्रहरी चौकी झिल्टुङ, किम्ताङ, मैलुङ र नगरप्रहरी चौकी, कोलनी चौकी निर्माणका लागि जग्गा र बजेट दुबैको अभाव भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij