२०८३ साउन १२ मंगलबार

दक्षिण कोरियाली प्रतिपक्षी दलले मुनलाई राष्ट्रपति उम्मेदवार बनाउने

ई आर्थिक    मंगलबार, चैत्र २२ २०७३
4.9K
Shares
दक्षिण कोरियाली प्रतिपक्षी दलले मुनलाई राष्ट्रपति उम्मेदवार बनाउने

२२ चैत, सोल(दक्षिणकोरिया)। दक्षिण कोरियाको प्रतिपक्षी दल मिन्जु पार्टीले आफ्नो आधिकारिक राष्ट्रपतिको उम्मेदवारमा सोमबार मुन जाए इनलाई छानेको छ ।

मिन्जु पार्टीका अध्यक्षसमेत रहेका मुन मत सर्वेक्षणमा सबैभन्दा अग्रणीस्थानमा देखिनुभएको थियो ।

मुनले विभिन्न चार चरणमा गरिएको प्राइमरी मत सर्वेक्षणमा ५७ प्रतिशन मत प्राप्त गर्नुभएको थियो ।

दक्षिण कोरियामा आगामी मे महिनाको ९ तारिखमा हुने राष्ट्रपतीय निर्वाचनमा सन् २०१२ मा पूर्व राष्ट्रपति पार्क ग्युन हेबाट पराजित बनेका मुन पुनः प्रतिस्पर्धा गर्नुहुनेछ ।

नियमित समय तालिकाअनुसार दक्षिण कोरियामा राष्ट्रपतिका लागि निर्वाचन सन् २०१७ को डिसेम्बरमा हुने कार्यक्रम रहे पनि भर्खरै महाभियोगद्वारा राष्ट्रपतिबाट हटाइएका पार्कको बहिर्गमनसँगै निर्वाचन तालिकासमेत परिवर्तन भएको हो । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij