२१ चैत, काठमाडौं । सोमवार नेप्से परिसूचक शून्य दशमलव ४ प्रतिशतले झरेको छ । कारोबार खुलेदेखिनै उकालो लागेको बजार १ घण्टाको व्यापारमा १ हजार ७ सय ४५ को उच्च विन्दुमा पुगेको थियो । त्यसपछि उतारचढावमा रहेको बजार अन्तत: ६ दशमलव ५९ अङ्कले घटेर १ हजार ६ सय ६० दशमलव ५२ विन्दुमा पुगेको छ ।
यो दिन १ सय ४४ कम्पनीको ४३ लाख ३२ हजार ७४ कित्ता शेयर रू.२ अर्ब ५३ करोड ६६ लाख ५१ हजार २१८ मूल्यमा कारोबार भएको छ ।
यो दिन बिमा र ट्रेडिङ बाहेक सबै समुहको परिसुचक झरेको छ । बिमा र ट्रेडिङको क्रमस: ०.७९ र ०.६८ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै होटलको १.६४, बैंकिङ ७०.६ प्रतिशत, विकास बैंक ०.७६, जलविद्युत् १.४२, फाइनान्स १.१९ र अन्य समूह ०.७९ प्रतिशतले घटेको छ । आज बिमा समूहको सेयर कारोबार बढी भएको देखिएको छ ।