२०८३ भाद्र २९ सोमबार

मुलुकभर वैशाख ३१ मै चुनाव हुन्छ : उपप्रधानमन्त्री थापा

ई आर्थिक    सोमबार, चैत्र २१ २०७३
3.6K
Shares
मुलुकभर वैशाख ३१ मै चुनाव हुन्छ : उपप्रधानमन्त्री थापा

२१ चैत, फलेवास (पर्वत)। उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गते मुलुकभरि एकै चरणमा चुनाव हुने बताउनुभएको छ ।

पर्वत सदरमुकाम कुश्माबजारमा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले मुलुक चुनावमय भइसकेकाले अब कतै रोकिन्छ कि, वा पछि सर्छ कि भनेर आशङ्का लिनुपर्ने ठाउँ नभएको उल्लेख गर्नुभयो । उहाँले सात वटै प्रदेशमा वैशाख ३१ गते एकै चरणमा चुनाव हुने बताउनुभयो ।

मधेसवादीसँग समेत सहमतिको प्रयास अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री थापाले स्थानीय तहको चुनाव राप्रपाको पहिलादेखिकै एजेन्डा भएको र स्थानीय तहको चुनाव गर्नकै लागि आफू सरकारमा आएको बताउँदै कतै चुनाव हुँदैन कि भनेर विचलित नहुन आग्रह गर्नुभयो ।

आगामी माघ ७ गतेभित्र तीनै तहको चुनाव गर्नुपर्ने संविधानलेनै व्यवस्था गरेको बताउँदै मन्त्री थापाले स्थानीय तहको चुनावपछि अन्य दुईवटा चुनाव गर्नका लागि पनि मार्ग प्रसस्त हुने बताउनुभयो । उहाँले चुनावमा उम्मेदवार चयन गर्नुभन्दा अघि प्रत्येक नेपालीको घर घरमा पुग्न र जनताको माझमा राप्रपा भन्ने अभियानलाई सार्थकता दिन पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।

मन्त्री थापाले सङ्घीयताको कार्यान्वयनसँगै मुलुकमा ७४४ स्थानीय तहबाट जनताले सेवा सुविधा लिन थालेको बताउँदै स्थानीय चुनावपछि सरकारको प्रत्यक्ष अनुभूत गर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij