२०८३ साउन ११ सोमबार

सहकारी दिवसको अवसरमा भक्तपुरमा कृषि मेला हुने

ई आर्थिक    शुक्रबार, चैत्र १८ २०७३
5.9K
Shares
सहकारी दिवसको अवसरमा भक्तपुरमा कृषि मेला हुने

१८ चैत, नगरकोट । ६०औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरमा यही चैत १९ र २० गते कृषि मेला प्रदर्शनी हुने भएको छ ।

जिल्ला कृषि सहकारी सङ्घ लिमिटेड भक्तपुरले बिहीबार पत्रकार सम्मेलन गरी मेलाका बारेमा जानकारी गराएको हो । भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक पार्टी भेन्युमा हुने उक्त प्रदर्शनीमा कृषि ऋण र बिमासम्बन्धी निःशुल्क परामर्शसमेत दिइने सङ्घका अध्यक्ष उत्तम सापकोटाले जानकारी दिनुभयो ।

मेलामा माटो परीक्षणसहित कृषि उत्पादन, प्रविधि, औजारलगायतका ४५ वटा कक्ष रहने छन् । सापकोटाले प्रदर्शनीमा आलु र च्याउको परिकारको खाना मेलासमेत हुने बताउनुभयो । कृषिलाई व्यावसायिक रुपमा अघि बढाउन सङ्घले गत वर्षदेखि कृषि मेला प्रदर्शनी सुरु गरेको हो । अब बर्सेनि मेला आयोजना गरिने सङ्घका उपाध्यक्ष एवम् मेला संयोजक सनिस लागेजूले बताउनुभयो ।

प्रदर्शनीमा किसानले कृषि विज्ञसँग आफ्ना समस्यासमेत राख्न पाउनेछन् । जिल्ला कृषि विकास कार्यालय सहआयोजक रहेको प्रदर्शनीको प्रवद्र्धन भक्तपुर उद्योग वाणिज्य सङ्घले गर्ने भएको छ । मेलाको करिब १० हजारले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij