२०८३ साउन ९ शनिबार

जनता निर्वाचनका लागि तयार– नेका सभापति देउवा

ई आर्थिक    शुक्रबार, चैत्र १८ २०७३
4.6K
Shares
जनता निर्वाचनका लागि तयार– नेका सभापति देउवा

१८ चैत, विराटनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन निर्धारित समयमै एकै चरणमा हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा निर्वाचनका लागि सहमति जुटाउन मधेसी मोर्चासँग छलफल भइरहेको र दुई–चार दिनमै सहमति हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपाली काँग्रेस संविधान संशोधनको प्रस्तावलाई असफल भएको देख्न चहाँदैन ।”

मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो,“पार्टीभन्दा जनतानै निर्वाचनका लागि बढी तयार छन् ।”

प्रहरी महानिरीक्षकको नियुक्तिको विषयमा पत्रकारको जिज्ञासामा सर्वोच्च अदालतले कसैको नाम किटेर नभनेको उल्लेख गर्दै उहाँले यसमा कसको नियुक्ति हुन्छ, हेर्दै जाँऊ ।” रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij