२०८३ साउन ११ सोमबार

लगातार बढेको नेप्से ओरालो झर्यो

ई आर्थिक    बुधबार, चैत्र १६ २०७३
6.4K
Shares
लगातार बढेको नेप्से ओरालो झर्यो

१६ चैत, काठमाडौँ । बुधबार नेप्से परिसुचक १ दशमलव ३९ प्रतिशतले ओरालो लागेर बन्द भएको छ । साताको पहिलो दिन देखि नै बढ्दै गएको बजार आज २२ दशमलव ३३ अङ्क घटेर १ हजार ५ सय ८८ दशमलव २९ विन्दुमा पुगेको छ ।

बजार खुलेदेखि नै उतार चढाब भएको बजारमा कारोबारमा आएका प्राय सबै समूहको परिसूचक घटेपछी नेप्से परिसूचक ओरालो लागेको हो । पछिल्लो समय तरलता समस्यामा केही सुधार आउनु र चुवानको वातवरण बन्दै जानुले पनि बजारमा प्रभाव परेको र बजारमा यस्तो उतारचढाब हुनु स्वाभाबिक भएको विश्लेषकहरु बताउछन ।

यो दिन १४९ कम्पनीको ५० लाख ६१ हजार ६ सय ९९ कित्ता सेयर बाट २ अर्ब ५६  करोड ४७ लाख ४१ हजार २ सय ७३ रुपैयाको सेयर कारोबार भएको छ । यो दिन ब्यापार समुहको मात्रै परिसूचकमा बृद्धि देखीएको छ । यो समूहको परिसूचक ० दशमलव ८१ प्रतिशतले बढेको छ ।

अन्य सबै समुहको परिसूचक झरेको छ । सबैभन्दा बढी जलविद्युतको ३ दशमलव ५२ प्रतिशत र होटेल समुहको ३ दशमलव १२ प्रतिशतले झरेको छ ।

त्यस्तै, बिमा समुहको १ दशमलव ९२ प्रतिशत, फाइनान्स समुहको १ दशमलव ७३ प्रतिशत, बैङ्किङको १ दशमलव ३२ प्रतिशत घटेको छ । विकास बैङ्कको ० दशमलव ९४ प्रतिशत, उत्पादन तथा प्रशोधन कम्पनीको ० दशमलव ०८ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक ० दशमलव २१ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij