चैत १३, काठमाडौं । कुमारी बैंक लिमिटेडको हकप्रद सेयर बिक्री खुला आज (चैत १३ गते) देखि भएको छ।
बैङ्कले २ बराबर १ को अनुपातमा १ करोड ३४ लाख ९५ हजार ८ सय ३२ दशमलव ६६ कित्ता हकप्रद सेयर निष्कासन तथा विक्री खुला गरेको हो ।
इछुक लगानीकर्ताहरुले सो हकप्रद सेयरको आवेदन २०७४ वैशाख १० गते सम्म दिन पाउने छन् । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकको रूपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
