२०८३ साउन ११ सोमबार

बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ

ई आर्थिक    बिहिबार, चैत्र १० २०७३
7.2K
Shares
बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ

१० चैत, काठमाडौं । बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ । बोल्दा बोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउने जाने भइ रहने जस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वषौँदेखिका गुनासा अझै पनि छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या दिने दूरसञ्चार प्रदायक कम्पनीलाई क्षतिपूर्ति स्वरुप पहिलो चरणमा बिचमै बोल्दाबोल्दै फोन काटिए सो कल वापतको पैसा फिर्ता गर्ने नियामवली र प्रविधि लागू गर्न गृहकार्य थालेको छ ।

यस्ता समस्यालाई समाधान गर्न दूरसञ्चार सेवा प्रदायकलाई त्यसको क्षतिपूर्ति भराउने अन्तिम तयारी गरिरहेको प्राधिकरणले उपभोक्ताका गुनासा सम्बोधन गर्ने उद्देश्यका साथ क्षतिपूर्तिको व्यवस्था गर्न लागेको जनाएको छ ।

‘पैसा घट्दै जाने तर कुरा गर्न नपाउने समस्यामा अझै सुधार हुन सकेको छैन । अहिलेको दूरसञ्चार नियमावलीमा क्षतिपूर्ति सम्बन्धी प्रावधान छैन । त्यसैले अब हामी नयाँ नियमावली बनाउँदै छौं । त्यसमा ‘कल ड्रप’ भएको समयको पैसा फिर्ता गर्नुपर्ने प्रावधान राख्दै छौं’ प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भने । आजको गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij