२०८३ साउन ११ सोमबार

नगरपालिकालाई गाउँपालिका बनाएको विरोधमा धर्ना

ई आर्थिक    मंगलबार, चैत्र ८ २०७३
5.3K
Shares
नगरपालिकालाई गाउँपालिका बनाएको विरोधमा धर्ना

८ चैत, लहान । सिरहाको सुखीपुर नगरपालिकालाई गाउँपालिकामा रुपान्तरित गरेको भन्दै स्थानीयवासीले सुखीपुर नगरपालिका कार्यालय अगाडि आजदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् ।

उनीहरुले सुखीपुरस्थित सरकारी तथा वित्तीय संस्थानमा अनिश्चितकालीन तालाबन्दीसमेत गरेका छन् । सुखीपुरस्थित राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, नापी शाखा, नेपाल ग्रामीण विकास बैंक, कृषि सेवा केन्द्र, स्वाम्लमबन विकास बैंक, श्रृजना लघुवित्त, श्रमजीवी लघुवित र इलाका हुलाक कार्यालयलगायत कार्यालयमा तालाबन्दी गरेको सुखीपुर नगरपालिका सङ्घर्ष समितिकाका संयोजक रामअशिष महतोले जानकारी दिनुभयो ।

गत २०७२ असोज १ गते सिरहाको सातगाविसलाई समायोजन गरी नगरपालिका कायम गरिएको सुखीपुर नगरपालिकालाई सरकारले स्थानीय निकाय पुनसंरचना गर्ने क्रममा गत २०७३ फाल्गुन २७ गते राजपत्रमा प्रकाशित गरेको मन्त्रिपरिषद्को निर्णयअनुसार सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिणत गरेको हो । सरकारको उक्त निर्णयको बिरोधमा स्थानियहरु आन्दोलित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij