२०८३ साउन ९ शनिबार

प्रोफेशनल म्यानपावरद्वारा सर्वसाधारण ठगिए

ई आर्थिक    सोमबार, चैत्र ७ २०७३
28.3K
Shares
प्रोफेशनल म्यानपावरद्वारा सर्वसाधारण ठगिए

७ चैत, काठमाडौं । काठमाडौंको प्रोफेशनल मेनपावर सर्भिस प्रालिले सर्वसाधारणलाई विदेश पठाइदिने भन्दै ठगी गरिरहेको सूचना प्राप्त भएको छ ।

कम्पनीले झापाका लक्ष्मण ढकाल र टंक सुवेदीलाई ठगी गरेको पिडितहरुले जानकारी दिएका छन् । प्राप्त समाचार अनुसार सो कम्पनीले कतारको लागि मेसनमा पठाइदिन्छु भनि विगत लामो समयदेखि ठगी गरिरहेको खुल्न आएको छ ।

मेनपावरले विदेश पठाइदिने भन्दै विगत एक महिना देखि काठमाडौंमा बोलायो तर अहिलेसम्म पनि पठाएको छैन । पिडीत लक्ष्मण ढकालका अनुसार उनीहरु अहिले दुबै विगत एक महिना देखि काठमाडौंको एक होटलमा बस्दै आएका छन् । खाना खर्च भने कम्पनीले व्यहोरिरहेको उनीहरुले बताएका छन् । ‘खाना बस्नु ठूलो कुरा होइन ।’ पीडित ढकालले भने– ‘गाउँबाट सयकडा ५ का दरले ब्याजमा पैसा काढेर विदेश जान भनेर आएका छौं ।’ ब्याज बढिरहेको छ भने समय त्यत्तिको बर्बाद भइरहेको छ । मेनपावरले विदेश नपठाइदिए आफू घर फर्कने अवस्था नरहेको उनले बताए ।

17328125_433330887009277_1789209133_n

‘घरबाट विदेश जाने भन्दै टिका र माला लगाएर आएका छौं ।’ पीडित टंक सुवेदीले भने– ‘अब घर फर्कनु भनेको मर्नु सरह नै हो ।’ अब केही दिन भित्र नउडाए कानुनी उपचार र प्रशासनिक सहयोगको लागि जाने उनले वताए ।

एक हजार रुपैयाँ तलबमा विदेश पठाइदिने भन्दै उनीहरुवाट सो मेनपावरले एक महिना अघि आईएमई मार्फत एक लाख २६ हजार रुपैयाँ पठाएका थिए । उनीहरुले सो पैसा म्यानपावरका सञ्चालक हेमराज दर्लामीलाई दिएको बताए ।

17354921_433330920342607_701412860_n

म्यानपावर कम्पनीमा हुने गरेका ठगीेलाई कारवाही गर्न अहिले विभाग कस्सिरहेकै बेला काठमाडौंको एउटा म्यानपावर कम्पनीले भने विभागलाई नै चुनौति दिने गरी सर्वसाधारणलाई ठगी गरिरहेको छ ।

डेढ बर्ष अघि लागू गरेको शून्य लागत (फ्रि भिसा फ्रि टिकट) लाई लागू गराउन विभागले म्यानपावरहरुलाई नयाँ निर्देशन समेत जारी गरेको छ । तर व्यवसायीहरु भने खुलेआम मंहगो शूल्क लिएर महिनौसम्म पनि ठगी गर्दा कारवाही हुन सकेको छैन । त्यसको प्रत्यक्ष उदाहरण प्रोफेसनल म्यानपावर बनेको छ ।

17327920_433330933675939_1422005268_n

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij