२०८३ साउन ११ सोमबार

घरेलु श्रमिकद्वारा उत्पादन विभिन्न वस्तुको प्रदर्शनी सुरु

ई आर्थिक    बुधबार, चैत्र २ २०७३
6.7K
Shares
घरेलु श्रमिकद्वारा उत्पादन विभिन्न वस्तुको प्रदर्शनी सुरु

२ चैत, काठमाडौँ । भूकम्प प्रभावित क्षेत्रका घरेलु श्रमिकले उत्पादन गरेका विभिन्न वस्तुको प्रदर्शनी सुरु भएको छ ।

‘होमनेट नेपाल’ सामाजिक संस्थाको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित अर्किड होटलमा यही चैत ४ गतेसम्म जारी रहने उक्त प्रदर्शनीमा धातु कला, काष्ठ कला, होजियारी, पुतली, क्रिष्टल, अल्लोबाट बनेका विभिन्न झोला, ज्याकेटलगायत सामग्री,राखिएको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले सो प्रदर्शनीको आज शुभारम्भ गर्दै घरेलु श्रमिकले उद्यम गरी उत्पादन गरेका बस्तुको सराहना गर्नुभयो । उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष डा रवीन्द्रकुमार शाक्यले घरेलु श्रमिकले उत्पादन गरेका वस्तुले उनीहरुको आयस्तर बढाउनुका साथै अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो । यस किसिमको उत्पादनलाई अरु जिल्लामा विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले भूकम्प प्रभावित काठमाडौँ र ललितपुरका घरेलु श्रमिकको जीवन उपयोगी बनाउने उद्देश्यले उनीहरुलाई व्यावसायिक सीप अभिवृद्धि गरी उत्पादित वस्तुको प्रदर्शनी गरिएको बताउनुभयो । सो संस्थाले करिब एक हजार घरेलु श्रमिकलाई विभिन्न तालिमका साथै उपकरणमा जनही रु १५ हजारका दरले सहयोग उपलब्ध गराएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij