२०८३ असोज ४ आइतबार

करको दायरामा ल्याउन छुट्टै अभियान

ई आर्थिक    बिहिबार, फाल्गुन २६ २०७३
4.9K
Shares
करको दायरामा ल्याउन छुट्टै अभियान

काठमाडौँ, २६ फागुन । आफ्नो क्षेत्रभित्रका करदातालाई करको दायरामा ल्याउन स्नातकोत्तर तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीको क्षमता उपयोग गर्ने गरी काठमाडौँ महानगरपालिकाले काम सुरु गर्ने भएको छ ।

राजस्व अनुसन्धान तथा करका दायरामा नभएका करदाताको तथ्याङ्क सङ्कलनबाट काम सुरु गर्न विद्यार्थीको उपलब्धताका विषयमा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले यसमा छलफल अघि बढाइसक्नुभएको छ ।

प्रमुख पौडेलका अनुसार विद्यार्थीलाई औपचारिक शिक्षासँगै व्यावहारिक एवम् प्रयोगात्मक प्रमाणपत्र पनि प्रदान गर्न सकिने यस परियोजनामा एक वर्षमा कम्तीमा एक हजार विद्यार्थी सामेल गराइनेछ । यसभित्र जुनसुकै क्षेत्रका पनि करदाता पर्न सक्दछन् ।

अहिलेसम्म शङ्करदेव क्याम्पसका प्रमुख, नेपाल कमर्स क्याम्पसका प्रमुख र पद्मकन्या क्याम्पसका प्रमुखसँग यस विषयमा छलफल भइसकेको कामपाले जानकारी दिएको छ ।

कामपाले अघि सारेको कार्यक्रम महत्वपूर्ण र महत्वाकांक्षी छ । सुरु गर्न सजिलो छैन तर सुरु भएपछि परिणाममूलक हुनेछ । यो विषय क्याम्पसको प्रतिष्ठाको विषय पनि रहेको क्याम्पस प्रमुखको भनाइ छ ।

महानगर क्षेत्रभित्र भएका स्नातकोत्तर तहमा व्यवस्थापन विषय अध्यापन हुने सरकारी क्याम्पसमा शङ्करदेव क्याम्पस, नेपाल कमर्स क्याम्पस, पशुपति क्याम्पस, पद्मकन्या क्याम्पस, पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख तथा विभागीय प्रमुखको बैठकले संयुक्त कार्यविधि तयार गरेर अभियान अघि बढाइने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij