२०८३ भाद्र २८ आइतबार

कृषि विकास बैंकमा खुल्यो ४० जनाका लागि जागिर

ई आर्थिक    बुधबार, फाल्गुन २५ २०७३
7.2K
Shares
कृषि विकास बैंकमा खुल्यो ४० जनाका लागि जागिर

२५ फागुन, काठमाडौं । कृषि विकास बैंकको प्रशासन सेवामा ४० जनाका लागि जागिर खुलेको छ ।

बैंकले व्यवसाय अधिकृत, अधिकृत स्तर तृतीय श्रेणीका लागि ४० जनाको माग गरिएको छ । जसमा खुला तर्फ २२, महिला ५, आदिवासी जनजाति ५, मधेसी ४, दलित २, अपांग १ र पिछडिएका क्षेत्रबाट १ जनाका लागि आवेदन खुला गरिएको छ ।

बैंकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनसक्ने जनाएको छ । उमेर पुगेका योग्य उमेद्वारले मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण वा मानविकी संकायमा अर्थशास्त्र मुल विषय लिई स्नातकोत्तर उत्तीर्ण गरेकाले आवेदन दिन पाउने छन् ।

उक्त पदहरुमा रहेर सेवा गर्न चाहनेहरुले एक हजार रुपैयाँ दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । एक वा बढी पदमा आवेदन दिन चाहनेहरुले वा समावेशी समूहका लागि तीन सय थप दस्तुर तिर्नुपर्ने छ ।

krishibikashbank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij