२०८३ साउन ९ शनिबार

डेनमार्कका राजकुमार याेकिमले गर्नुभयाे लघु जलविद्युत् आयोजनाको अवलोकन

ई आर्थिक    आइतबार, फाल्गुन १५ २०७३
4.3K
Shares
डेनमार्कका राजकुमार याेकिमले गर्नुभयाे लघु जलविद्युत् आयोजनाको अवलोकन

बनेपा, १४ फागुन । डेनमार्कका राजकुमार योकिम होल्गर बाल्दिमार क्रिस्चियनले काभ्रेपलाञ्चोकको भीमखोरी गाविसस्थित करमडाँडा लघु जलविद्युत् आयोजनाको अवलोकन गर्नुभएको छ ।

नेपालको अनौपचारिक भ्रमणमा आउनुभएका उहाँले सो लघु जलविद्युत् आयोजनाबाट सञ्चालन भएको पानीघट्ट र मिलका बारेमा समेत विस्तृत जानकारी लिँदै जलविद्युत् आयोजनाबाट पानीघट्ट र मिल सञ्चालन गरेर स्थानीयवासीलाई जीविकोपार्जन र आत्मनिर्भर बन्नका लागि प्रभावकारी काम भएको बताउनुभयो ।

जलविद्युत् आयोजना वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, जिविस, काभ्रेपलाञ्चोक, भीमखोरी गाविसलगायतले २०६७ साल भदौमा सञ्चालनमा ल्याएका थिए । सत्र किलोवाट क्षमताको सो जलविद्युत् आयोजनाबाट एक सय ७१ घरमा बिजुलीको सुविधाबाट स्थानीयवासी लाभान्वित भएका छन् ।
डेनिस राजकुमार केयर नेपालले सञ्चालन गरेको कामको अवलोकन गर्न सिन्धुलीको झाँगाझोली पुग्नुभएको छ । केयर नेपाल र डेनिस राजदूतावासको निमन्त्रणामा उहाँ शुक्रबार नेपाल आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij