२०८३ भाद्र २६ शुक्रबार

राप्रपा केन्द्रीय सदस्यको मतगणना सम्पन्न

ई आर्थिक    बुधबार, फाल्गुन ११ २०७३
5.5K
Shares
राप्रपा केन्द्रीय सदस्यको मतगणना सम्पन्न

११ फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । राति अबेरसम्म भएको मतदान पछिको मत गणनामा महिलातर्फ चर्चित नायिका रेखा थापा, कलाकार कोमल वली, मीरा राणा, कुन्ती शाही र प्रतिभा राणा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, पुरुषतर्फ नेताहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजाराम श्रेष्ठ, सुनिल थापा, जयन्द्र चन्द, धवल शम्शेर राणा, विक्रम थापा, राजेन्द्र लिङदेन, मोहन श्रेष्ठ र राजाराम गर्तौलालगायत निर्वाचित हुनुभएको जनाइएको छ । राष्ट्रिय सभागृह तथा भृकुटीमण्डप उद्यान क्षेत्र आसपासमा भएको फोहोरलाई आज दिउँसो सफा गरिने पार्टी नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

यही फागुन ६ गतेदेखि सुरु भएको अधिवेशनलाई आज औपचारिक कार्यक्रम गरी समापन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij