२०८३ भाद्र २८ आइतबार

टेलिकममा जागिर खुल्यो, एकैपटक माग्यो १५५ कर्मचारी

ई आर्थिक    आइतबार, फाल्गुन ८ २०७३
6.6K
Shares
टेलिकममा जागिर खुल्यो, एकैपटक माग्यो १५५ कर्मचारी

८ फागुन, काटमाडौं । नेपाल टेलिकमले एक विज्ञापन प्रकाशित गर्दै विभिन्न पदमा एकैपटक १ सय ५५ जना कर्मचारी मागेको छ ।

टेलिकमले विभिन्न प्राविधिकसहित प्रशाशनिक पदहरुमा दरखास्त आह्वान गरेको छ । उपपप्रवन्धकदेखि जुनियर टेक्निसियनसम्म माग गरिएको छ । एकैपटक ४० जना इञ्जिनियरका लागि जागिर खुलेको छ ।

टेलिकमलेले खुल्लातर्फ ८९ जना कर्मचारी मागेको छ भने महिला २४, आदिवासी/जनजातीमा २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ कोटमा जारि खुलेको हो । आइतबारबाट ३० दिनभित्र आवदेन दिन सकिने छ ।

यसैगरी दूरसञ्चार प्राधिकरणले पनि आजै २७ जनाका लागि दरखास्त आह्वान गरेको छ । उपनिर्देशकदेखि सहायक पदसम्मका लागि प्राधिकरणले दरखास्त मागेको हो ।

प्रकाशित विज्ञापन:

ntc-vacancy

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij