२०८३ साउन ११ सोमबार

३६० डिग्रीका पारदर्शी प्लास्टिकले बनाइएका ‘बबल्स होटेल’ (फोटोफिचर)

ई आर्थिक    शुक्रबार, फाल्गुन ६ २०७३
4.5K
Shares
३६० डिग्रीका पारदर्शी प्लास्टिकले बनाइएका ‘बबल्स होटेल’ (फोटोफिचर)

एजेन्सी: आफ्नो जीवनसाथीलाई संसारकै सबै खुशी दिने प्रत्येक व्यक्तिको सपना हुन्छ। यसको लागि उसले जीवन संगिनीसँग विभिन्‍न ठाउँमा घुम्‍न चाहन्छन्। उनीसँगै खुल्ला आकाशमा गफगाफ गर्दै रात बिताउने इच्छा राखेको हुन्छ। तर सबैको यो सपना चाहेर पनि पूरा हुन सक्दैन।

bubbles2

पर्यटक यात्रीहरुलाई ध्यानमा राखेर फ्रान्सको ‘होटेल बबल्स’ले उसको उक्त इच्छा पूरा गरिदिने भएको छ। सन् २०१० देखि टार्जन र जेनेले आधुनिक प्रकारको होटेल सञ्‍चालनमा ल्याएको छ।

bubbles4

यो होटेलमा सुत्‍नको लागि कोठा छैनन् तर ठूल्ठूला ३६० डिग्रीका पारदर्शी प्लास्टिकले बनाइएका बबल्सहरु राखिएका छन्। जहाँ प्राकृतिक चीजहरुले सजाएर राखिएका छन्।

bubbles6

खाली आकाश देखिने यो पारदर्शी प्लासटिकको गोलाकार घरमा एक रात बस्नको लागि सय पाउण्ड तिर्नुपर्ने हुन्छ। यहाँ आउने पर्यटकले एक पटकमा पाँच वटा पारदर्शी कोठाहरु छान्‍न पाउनेछन् भने प्रत्येक कोठामा राति आकाशको तारा हेर्न टेलिस्कोपको सुविधा पाउने छन्।

bubbles5

होटल बबल्सका सञ्चालक मुरिली गओभान्सिलिले भनेका छन्, ‘ यहाँ पहिलो पटक आउने यात्रुहरुले बस्न उत्साह देखाएका छन्। हामी उहाँहरुको इच्छालाई पूरा गर्न पाउँदा निक्कै नै खुसी भएका छौ।’

bubbles3

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij