२०८३ भाद्र २६ शुक्रबार

राप्रपा: महाधिवेशनका लागि ५४ स्थानबाट पदयात्रा सुरु

ई आर्थिक    शुक्रबार, फाल्गुन ६ २०७३
4.1K
Shares
राप्रपा: महाधिवेशनका लागि ५४ स्थानबाट पदयात्रा सुरु

६ फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न जनवर्गीय सङ्गठनले आज बिहान काठमाडौँ उपत्यकाका विभिन्न ५४ स्थानबाट पदयात्रा सुरु गरेका छन् ।

पार्टीको आज हुन लागेको महाधिवेशनका लागि बालाजु, नयाँ बसपार्क, गौशाला, सातदोबाटो, बल्खु, कलङ्की, चक्रपथलगायत स्थानबाट ¥याली निकालेका हुन् । विभिन्न जाति तथा समुदायका वेशभूषा तथा सांस्कृतिक बाजागाजा, झाँकीसहित पदयात्रा गरी निकालिएको सो जुलुस केहीबेरमा समारोहस्थलमा आइपुग्नेछ ।

प्रवक्ता राजाराम श्रेष्ठले उद्घाटन कार्यक्रमको विभिन्न रेडियो तथा टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उक्त समारोहको समाचार सङ्कलनका लागि त्यहाँ आउने विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिलाई सूचना सङ्कलनका लागि सञ्चार कक्षको समेत व्यवस्था गरिएको छ ।

महाधिवेशनको उद्घाटनसत्र स्थानीय भृकुटीमण्डपस्थित सडकमा तथा भृकुटीमण्डपको बगैँचामा बन्दसत्रका कार्यक्रम तय गरिएको छ । यही फागुन ९ गतेसम्म जारी रहने उक्त महाधिवेशनका लागि करिब रु एक करोड ५० लाखको खर्च विनियोजन गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी परिसरले त्यस क्षेत्रमा चल्ने निजी तथा भाडाका सवारीसाधनलाई आज सिंहदरबार क्षेत्रबाट मार्ग परिवर्तन गराएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij