२०८३ भाद्र ३० मंगलबार

आगलागीबाट रु ४१ लाखभन्दा बढीको क्षति

ई आर्थिक    बिहिबार, फाल्गुन ५ २०७३
3.7K
Shares
आगलागीबाट रु ४१ लाखभन्दा बढीको क्षति

५ फागुन, दमक । विद्युत् सर्ट भई गएराति आगलागी हुँदा झापा, गौरादह–१ का देवराज लिम्बूको घरमा रु ४१ लाख बढीको क्षति भएको छ । राति १:३० बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी हुँदा लिम्बूसहित त्यहाँ भाडामा बस्ने धनसिंह लिम्बूको नगद, जिन्सी पूर्णरुपमा क्षति भएको थियो ।

इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार बेलडाँगी निवासी देवराज लिम्बूको दुईतले काठको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु ४१ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । लिम्बूको घरसँगै जोडिएको अर्को एकतले पक्की घरसमेत जलेको थियो ।

आगलागीबाट लिम्बूको घरमा भाडामा बसेका धनसिंह लिम्बूको रु दुई लाख ५० हजार नगदसहित लत्ताकपडा, अन्नपात जल्दा रु ११ लाख २९ हजार बराबरको क्षति हुन पुगेको पीडितले जनाएका छन् ।

त्यस्तै, आगलागीका कारण देवराजको काठको दुईतले घर, गरगहना, खाद्यान्न, लत्ताकपडा, पशुचौपाया जलेर नष्ट हुँदा रु २९ लाख ९१ हजार क्षति भएको छ । आगो आज बिहान करिब ४:३० बजे दमक नगरपालिकाको दमकल, बिर्तामोड दमकल, प्रहरी र स्थानीवासीले मिलेर निभाउँदा नियन्त्रणमा आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij