२०८३ साउन ९ शनिबार

फागुन १४ मै स्ववियु निर्वाचनका लागि सहयोग गर्ने शीर्ष नेताको प्रतिबद्धता

ई आर्थिक    बुधबार, फाल्गुन ४ २०७३
5K
Shares
फागुन १४ मै स्ववियु निर्वाचनका लागि सहयोग गर्ने शीर्ष नेताको प्रतिबद्धता

काठमाडौँ, ४ फागुन । फागुन १४ मै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गराउने विषयमा प्रमुख तीन दलका शीर्ष नेता, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी प्रतिनिधिबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँलगायत पदाधिकारी र तीन दल निकटका विद्यार्थी प्रतिनिधिको सहभागिता थियो ।

छलफलमा प्रधानमन्त्री दाहालले तोकिएको मितिमा स्ववियु निर्वाचन सम्पन्न गराउन सरकारकातर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

“स्ववियु निर्वाचन भएपछि स्थानीय तहको निर्वाचनका लागि पनि मनोवैज्ञानिक प्रभाव पार्छ, यसले देश निर्वाचनतिर जाने वातावरण बन्छ, यसैले असहमतिलाई अन्त्य गरी निर्वाचन गरिनुपर्छ”–उहाँले भन्नुभयो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले फागुन १४ मै स्ववियु निर्वाचन गर्न क्याम्पसमा तालाबन्दी गर्ने समूहलाई खोल्न अनुरोध गरिने र नमाने ताला फोडेर निर्वाचनको प्रक्रिया सुरु गरिने बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले स्ववियु निर्वाचन सार्दा पार्टीले घोषणा गरेको मेची महाकाली अभियानलाई असर पुग्ने भएकाले फागुन १४ मै चुनाव गरिनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले जानकारी दिनुभयो ।

छलफलमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले फागुन १४ मा स्ववियु निर्वाचन गराउने वातावरण बनाइदिन शीर्ष नेतासँग सहयोग माग गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij