२०८३ साउन ९ शनिबार

स्पेनका जोनले चुमे बेमौसममा सगरमाथा शिखर

ई आर्थिक    बुधबार, फाल्गुन ४ २०७३
5.5K
Shares
स्पेनका जोनले चुमे बेमौसममा सगरमाथा शिखर

सोलुखुम्बु, ४ फागुन । भारी हिमपात र अत्यधिक चिसो हुने यो मौसम हिमाल आरोहणका लागि प्रतिकूल मौसम हो तर यही समयमा स्पेनका नागरिक जोन एलेन्ज्ड चिकनले सगरमाथाको शिखर चुमेका छन् । उनी मङ्गलबर सगरमाथाको शिखर पुगेका हुन् ।

प्रेम दिवसका अवसरमा श्रीमान्÷श्रीमती नै सगरमाथाको शिखरमा पुगेर प्रेम साटासाट गर्ने लक्ष्यका साथ श्रीमती कार्लोसका साथ सगरमाथा आरोहणमा गएका भए पनि श्रीमती कार्लोस भने सगरमाथाको तेस्रो शिविरमा पुगेपछि बिरामी परेर फर्केकी थिइन् ।

भारी हिमपात र अत्यधिक चिसो हुने भएकाले यस्तो समयमा सगरमाथा आरोहण गर्नु खतरनाक मानिन्छ । यही समयमा साहसिक काम गर्ने भन्दै स्पेनिस जोडी सेभेन समिट एजेन्सीमार्फत अरोहणमा गएको सेभेन समिटका प्रबन्धक निमेष कार्कीले जानकारी दिनुभयो ।

उनीहरुकै लागि सरकारको सम्पर्क अधिकृतका रुपमा आएका पुरातत्व विभागका अधिकृत पदमजङ्ग राईको गत पुस २७ गते आधार शिविर नजिकै हाई अल्टिच्युड (लेक लाग्ने) का कारण मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij