२०८३ भाद्र २७ शनिबार

विषाक्त खानाका कारण छ जनाको मृत्यु, १० जना सिकिस्त बिरामी

ई आर्थिक    मंगलबार, फाल्गुन ३ २०७३
4K
Shares
विषाक्त खानाका कारण छ जनाको मृत्यु, १० जना सिकिस्त बिरामी

३ माघ, हनोइ । भियतनामको उत्तरी क्षेत्रमा पर्नेलाई चाउ प्रदेशमा विषाक्त खानाका कारण छ जनाको मृत्यु भएको छ भने अन्य १० जना सिकिस्त विरामी भएका छन् ।

स्थानीय अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार, सिकस्त विरामी सबैलाई अस्पतालमा भर्ना गरिएको छ ।

एउटा अन्त्यष्टि कार्यक्रमपछि भएको सामुहिक भोजमा खाना खाएकामध्ये छ जनाको मृत्यु हुनुका साथै १० जना सिकिस्त बिरामी भएको प्रारम्भिक विवरणमा जनाइएको छ ।

प्रान्तीय अस्पतालका निमित्त प्रमुख हा त्रुङ दुङले उनीहरुलाई सोमबार राति अवेर अस्पतालमा भर्ना गरिएको हो । अस्पतालमा भर्ना भएका मध्ये एक जनाको अवस्था गम्भिर रहेको उहाँले बताउनुभयो ।

घटनाका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । -सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij