२०८३ भाद्र २९ सोमबार

नेपाली नर्सको पीडाः न तलब धेरै, न सुरक्षा

ई आर्थिक    आइतबार, फाल्गुन १ २०७३
4.1K
Shares
नेपाली नर्सको पीडाः न तलब धेरै, न सुरक्षा

१ फागुन, काठमाडौं । सिता शर्मा राप्ति उपक्षेत्रीय अस्पताल घोराहीमा काम गर्छिन् । उनले त्यस अस्पतालमा काम गरेको २ वर्षभन्दा बढी भयो । उनी बेलुका ४ बजे अस्पताल पुग्छिन् । अस्पतालका शैथ्यामा विरामीहरुको सेवामा तत्लिन हुन्छिन् ।

राति १० बजे ड्युटी सकिन्छ। घर फर्कदा न उनलाई सुरक्षाको कुनै अनुभूति छ न त उनलाई अस्पताल प्रशासनले घरसम्म लगिदिन्छ । यो समस्या सिताको मात्र होइन । देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत अधिकांश नर्सहरुको हो । नेपाल नर्सिङ एशोसिएसनको तथ्थांक अनुसार ६७ हजार नर्स नेपालमा दर्ता भएका छन् । जसमध्ये ६ हजार ५ सय जना सरकारी सेवामा छन् । २२ हजार निजी अस्पतालमा छन् । केही एनजिओ र थुप्रै विदेशमा छन् । उनीहरुको तलव मासिक ४ हजारदेखि ८ हजार रुपैयाँसम्म हुन्छ। समस्या उठायो भने जागिर जाने डर उनीहरुमा छ । समाचारपत्र दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij