२०८३ भाद्र २६ शुक्रबार

राप्रपा जुम्लाको अधिवेशन लम्बियो

ई आर्थिक    शुक्रबार, माघ २८ २०७३
7.9K
Shares
राप्रपा जुम्लाको अधिवेशन लम्बियो

२८ माघ, जुम्ला । यही माघ २५ गतेदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाको पदाधिकारी विवादले जिल्ला अधिवेशन लम्बिएको छ ।

अध्यक्षमा नरबहादुर शाही, वरिष्ठ उपाध्यक्षमा वेदबहादुर शाही र उपाध्यक्षमा भीमबहादुर शाही हुने पक्का भएपनि अन्य पदाधिकारी चयनमा सहमति हुन बाँकी रहेको राप्रपाका जुम्लाका पार्टी प्रवक्ता अङ्गतप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

राप्रपाको पहिलो एकता अधिवेशनले माघ २५ गतेदेखि सहमतिका लागि गरेको प्रयासमा पदाधिकारी चयन गर्न नसकेपछि आजसम्मका लागि अधिवेशन लम्बिएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

उहाँका अनुसार आज बिहान ११ बजेसम्म पदको टुङ्गो लगाउने र त्यसपछि मात्र सबै पदाधिकारीको सूची सार्वजनिक गरिनेछ । समावेशी जिल्ला कार्यसमितिसहित मनोनीत र अन्य सदस्य चयनका लागि अहिले पनि छलफल प्रक्रिया जारी रहेको राप्रपा जुम्लाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij