२०८३ भाद्र २९ सोमबार

सिँचाइमन्त्री गिरीद्वारा तटबन्ध बनाउन खोलाको निरीक्षण

ई आर्थिक    बिहिबार, माघ २७ २०७३
3.6K
Shares
सिँचाइमन्त्री गिरीद्वारा तटबन्ध बनाउन खोलाको निरीक्षण

२७ माघ, विराटनगर । सिँचाइमन्त्री दीपक गिरीले मोरङस्थित बक्राहा खोलाको स्थलगत निरीक्षण गरेका छन् । वक्राहा खोलामा कतिपय ठाउँमा तटबन्ध नहुँदा वर्षायामको समयमा धनजनको क्षति व्यापक हुने गरेका छन् ।

खोलाको निरीक्षणपछि हसन्दहमा आयोजित कार्यक्रममा मन्त्री गिरीले तटबन्ध निर्माणका लागि सरकारले आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको बताउँदै खोलाको मुुहानदेखि नेपाल–भारत सिमानासम्म ५१ किलोमिटर लामो तटवन्ध निमार्णका लागि रु चार अर्बको गुरुयोजना तयार भएको जानकारी दिए ।

उनले पहिलो चरणमा बोलपत्र आह्वानमार्फत दुई अर्ब ५० करोडको लागतमा तटबन्ध निर्माण काम आगामी फागुुनदेखि सुुरु हुुने पनि बताए ।

सो निरीक्षण टोलीमा मन्त्रालयका सचिव गजेन्द्र ठाकुुर, जलउत्पन्न प्रकोप व्यवस्थापन विभागका महानिर्देशक मधुुकर राजभण्डारी र सिचाई विभागका महानिर्देशक राजेन्द्रप्रसाद अधिकारी पनि सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij