२०८३ कार्तिक १७ सोमबार

सेयर बजारमा फेरी दोहोरो अंकको गिरावट शुरु, लगानीकर्ता त्रसित

ई आर्थिक    बुधबार, माघ २६ २०७३
10K
Shares
सेयर बजारमा फेरी दोहोरो अंकको गिरावट शुरु, लगानीकर्ता त्रसित

२६ माघ, काठमाडौं । केही दिन अगाडि मात्रै सेयर बजारमा केही सुधार देखिन्दा उत्साह बनेका लगानिकर्ता पुन त्रसित बनेका छन् । फेरी बजारमा सेयरमा दोहोरो अंकको गिरावट कायम भएको छ ।

बुधबार सेयर बजार दोहोरो अंकले ओरालो लाग्दा कारोबार रकम पनि घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि ओरालो लाग्दा साना तथा नयाँ लगानीकर्ता निकै त्रसित बन्दै गएका छन् ।

बुधबार नेप्से २१.६२ अंकले ओरालो लाग्दा परिसूचक १३२२.९८ विन्दुमा पुगेको छ । यो दिन १३७ कम्पनीको १० लाख १८ हजार ६ सय कित्ता सेयर ३४ करोड ५७ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारको सुरुदेखि नै ओरालो लागेको बजारमा सबै समूहको परिसूचक ओरालो लागेको छ ।

सबै भन्दा बढी बिमा समूहको १७९.०९ अंकले ओरालो लागेको छ । यस्तै होटेल समूहको परिसूचक ४४.३९ विकास बैंक र जलविद्यूत समूहको क्रमशः २०.६४ र २०.७२ अंकले तल झरेको छ भने बैंकिङ समूहको परिसूचक १८.५९, अन्य समूहको ९.२६ र वित्त समूहको परिसूचक ७.७७ अंकले ओरालो लागेको छ । यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.७६ अंकले घटेको छ ।

कारोबारमा प्रभू बैंकको सबै भन्दा बढी दुई करोड ५० लाख ७८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै एभरेष्ट बैंकको दुई करोड एक लाख ५३ हजार, स्टान्डर चार्टर बैंकको एक करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यो दिन धेरै कमाउने कम्पनीमा महालक्ष्मी विकास बैंक, माउन्ट मकालु विकास बैंक, नाग्दी ग्रुप पावर, निर्धन उत्थान बैंक लगायत रहेका छन् । त्यस्तै गुमाउनेहरुमा सुर्य लाइफ इन्स्योरेन्स,लक्ष्मी लघुवित्त वित्तिय संस्था, लाइफ इइन्स्योरेन्स लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij