२०८३ साउन ९ शनिबार

डिजे म्युजिकले लियो युवतीको ज्यान, चर्को आवाजले हृदयघात

ई आर्थिक    बुधबार, माघ २६ २०७३
7.5K
Shares
डिजे म्युजिकले लियो युवतीको ज्यान, चर्को आवाजले हृदयघात

२६ माघ, गौशाला । महोत्तरी जिल्लाको सुगा गाउँमा डिजे म्युजिकको कारण एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१५ का १२ वर्षीय अमिरुल अन्सारी रहेको परिवारजनले जनाएको छ ।

सोमबार राति गाउँमा दुईवटा बिहेमा ठूलो आवाजमा डिजे म्युजिक बजाएर नाचगान गरिरहेको बेला सोही नाचगान हेर्न घरबाहिर निस्केका किशोर अन्सारीको चर्को आवाजले हृदयघात भएर मृत्यु भएको चिकित्कसले बताएका छन् ।

डिजे बाजाको चर्को आवाज सुनेर बेहोस भई घर अगाडि लडेका किशोर अन्सारीलाई उपचारका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij