२०८३ साउन ९ शनिबार

आजको आवश्यकता निर्वाचन हो– नेता चौलागार्इं

ई आर्थिक    मंगलबार, माघ २५ २०७३
7.4K
Shares
आजको आवश्यकता निर्वाचन हो– नेता चौलागार्इं

२५ माघ, भक्तपुर । नेकपा एमालेका पोलिटब्यूरो सदस्य पशुपति चौलागार्इंले आजको आवश्यकता निर्वाचन भएकाले यसतर्फ केन्द्रित हुन सरकारलाई आग्रह गर्नुभएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो — देशका लागि तत्कालको आवश्यकता संविधान संशोधन भन्दा पनि निर्वाचन भएकाले सरकार यसतर्फ केन्द्रित हुनुपर्दछ ।

नेता चौलागार्इंले सरकारले निर्वाचनको नाममा जनताको आँखामा छारो हाल्ने काम मात्रै गरिरहेको आरोप लगाउँदै सरकारले निर्वाचन गर्न नचाहेको बताउनुभयो ।

“काँग्रेसभित्रपनि निर्वाचन गराउने र नगराउने दुई धार देखिएको छ छ,” उहाँले भन्नुभयो — एमाले कुनै पनि हालतमा जेठको पहिलो साताभित्र निर्वाचन गर्नुपर्ने पक्षमा छ ।

नेता चौलागार्इंले निर्वाचनबाट दुई तिहाई मत ल्याएर संविधान संशोधन गर्न मधेसी मोर्चालाई चुनौती दिँदै ९० प्रतिशतभन्दा बढी बहुमतले पारित गरेको सविधानलाई कसैले भन्दैमा संशोधन गर्न नुहने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij