२०८३ साउन ९ शनिबार

नेशनल लाईफद्धारा हकप्रद सेयर दिने, एनअाइबीएल बिक्री प्रवन्धक नियुुक्त

ई आर्थिक    सोमबार, माघ २४ २०७३
5.5K
Shares
नेशनल लाईफद्धारा हकप्रद सेयर दिने, एनअाइबीएल बिक्री प्रवन्धक नियुुक्त

२४ माघ, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर बिक्री प्रवन्धक नियुक्त गरेको छ ।

कम्पनीले गत मंसिर २९ गते सम्पन्न २८ औं बार्षिक साधारण पारित एक शेयर वरावर एक सेयर (१:१) को अनुपातमा १३२,४८,६३७ कित्ता हकप्रद साधारण सेयरहरु सविकका सेयरधनीहरुमा निष्काशन गर्नको लागि धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकको कार्य गर्नको लागि एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई बिक्री प्रवन्धकमा नियुुक्त गरेको हो ।

कम्पनीको जीवन बीमा कोष रु.१६ अरबको हाराहारीमा पुगेको छ । बीमितहरुलाई प्रतिष्पर्धात्मक एवम् आकर्षक वोनस दर प्रदान गरिरहेको यस कम्पनीले ग्राहक वर्गलाई थप सुविधा दिन नेपाल अधिराज्य भरि आफ्ना शाखा, उपशाखा र सम्पर्क कार्यालय मार्फत आधुनिक तथा उच्च स्तरिय कम्प्यूटर सेवा मार्फत सेवाहरु प्रवाह गरेको छ ।

आ.व.२०७२-०७३ मा कूल रु.३ अरब ८४ करोड बीमाशुल्क संकलन गरेको यस कम्पनीले चालु आर्थिक वर्षमा पनि सन्तोषजनक प्रगति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij