२०८३ साउन ११ सोमबार

आफूलाई छाडेर अर्कैलाई रोजेको भन्दै प्रेमिकामाथि एसिड प्रहार, युवतीको मृत्यु

ई आर्थिक    सोमबार, माघ २४ २०७३
4K
Shares
आफूलाई छाडेर अर्कैलाई रोजेको भन्दै प्रेमिकामाथि एसिड प्रहार, युवतीको मृत्यु

२४ माघ, बुटवल । रुपन्देहीको बुटवलमा एक युवकले एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।

धादिङ नौबिसे-१ बस्ने २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटा आइतबार बुटवल-६ स्थित मेरिडियन होटलमा बसेका थिए । सुनिल र तुलसा केही समयदेखि प्रेम सम्वन्धमा थिए ।

तर, तुलसाले आफूलाई छाडेर अकैलाई रोजेको भन्दै सुनिलले मध्यरातमा एसिड हानेको खुलासा भएको छ ।

युवतीले सहयोग मागेपछि होटलका स्टाफहरुले सबै ढोका बन्द गरेर युवकलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाइएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीका अनुसार युवकले एसिड हानेको स्वीकार गरेका छन् । आफूहरु केही वर्षदेखि प्रेममा रहेको र अहिले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको उनको बयान छ ।

तुलसाको अनुहार, टाउको र शरिरमा एसिड लागेको थियो र लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । लुम्बिनी अञ्चल अस्पतालले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा रिफर गर्‍यो तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं बर्निङ सेन्टरमा रिफर गरिएको थियो । उनलार्इ काठमाडौं लैजाने क्रममा मृत्यु भएको जनाईएको छ ।

प्रहरीले उक्त होटेलको कोठा नम्बर १०४ मा बसेकी सापकोटाकी सानीआमा काठमाडौं-७ चाबहिल बस्ने ४० वर्षीया देवी खरेललाई समेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij